arrow

प्रदेश राजधानीका लागि संघर्षका कार्यक्रम

logo
टेकराज अवस्थी,
प्रकाशित २०७४ पुष १ शनिबार

डडेल्धुरा । प्रदेश नं. ७ का लागि पहाडमा राजधानी स्थापना गर्न डडेल्धुरामा संघर्षका कार्यक्रम तय गरिएका छन ।  संघिय संरचनाको कार्यान्वयनका लागि निर्वाचन पछि शुरु भएको बहससँगै सुदूरपश्चिम अथवा प्रदेश नं ७ को समानुपातिक विकास र सामाजिक न्यायका लागि भन्दै पहाडी क्षेत्रको उपयुक्त स्थानमा राजधानी कायम गर्न सरकारलाई दबाब दिने उद्देश्यले पहाडी सात जिल्लाको तर्फबाट डडेल्धुराबाट पहल गरिने भएको छ ।
 
पहाड जिल्लामा विकासको गति बढाउन , प्राकृतिक श्रोतसाधनको सदुपयोग र सिंहदरबारको अधिकार गाउँ सम्म पुगाउन प्रसासनिक सुबिधाका लागि पनि पहाडमा राजधानी हुनु पर्ने तर्क सहित आज देखि एक हप्ते संघर्ष कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक प्रकाश बहादुर साउँदले जानकारी दिएका छन ।

दबाब कार्यक्रममा बैतडी दार्चुला बझाङ्ग , डोटी अछाम र बाजुरा लगायत तराईका जिल्लाहरुको समर्थन जुटाउने , जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रमुखसँग छलफल गरि पार्टी र सरोकारवाला स्थानीय तहका प्रमुख एवं जिम्मेवार पदाधिकारीहरुसँग परामर्श गरि धारणा संकलन र शिर्ष नेतृत्वलाई ज्ञापन गराउने , संस्थागत ऐक्यबद्धता गराउने , जनसहभागिामूलक र्‍याली , हस्ताक्षर संकलन गरि सरकारलाई बुझाउने निर्णय गरिएको छ ।

सरकार , सम्बन्धित राजनीतिक दल र नेतृत्वले सुदूरपश्चिमका जनताको आवाजहरुलाई वेवास्ता गरे यहि पौष ८ गते सुदूरपश्चिम भरि आम हडताल गर्ने समेत निर्णय गरिएको सघर्ष समितिका सदस्य गुणाकर चटौतले जानकारी दिए ।  

पञ्चेश्वर र पश्चिम सेती बहुउद्देश्यीयमेघा जलबिद्युत आयोजनाको कार्यान्वयन र प्रस्तावित अस्थायी प्रदेश राजधानीको बाताबरणिय प्रभाब मूल्यांकन , विकासको सूचाङ्क फाईदा र बेफाईदा , सबै जिल्लाका जनताको न्यूनतम सहमति हुने गरि दुरीगत सुबिधालाई पनि ध्यानमा राखी सरकारले विवेकपूर्ण तबरबाट मात्र निर्णय गर्न अनुरोध गर्ने बताईएको छ ।

छलफल कार्यक्रममा प्रदेश राजधानीका लागि न्यूनतम पूर्बाधार , भौगोलिक अवस्था र उपलब्धता तथा सेवासुबिधाको पहुँच लगायतको जनतालाई राहत हुने संभाबित स्थानहरुको पहिचान गरि व्यापक छलफलबाट निर्धारण गर्न सरकारलाई सुझाब दिने निर्णय पनि गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ