arrow

समानुपातिकको मत गणना सकियो, एमाले-काँग्रेसको मतान्तर ५० हजार

logo
प्रकाशित २०७४ पुष १ शनिबार
samanupatik_election.JPG

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगले शनिबार अपराह्न एक विज्ञप्ती जारी गर्दै मत गणना सम्पन्न भएको जानकारी दिएको हो । 

प्रतिनिधि सभा र प्रदेश सभाको गत मंसिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनमा शनिबार साँझसम्म ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ । 

अहिलेसम्मको प्राप्त मत परिणाम अनुसार पहिलो पार्टी बनेको नेकपा एमालेले कूल ३१ लाख ६१ हजार २ सय २३ मत ल्याएको छ भने दोस्रो हुने नेपाली काँग्रेसले ३१ लाख ११  हजार २ सय ६३ मत ल्याएको छ । यसैगरी माओवादी केन्द्रले माओवादी केन्द्र १२ लाख ९५ हजार ८ सय २० मत ल्याएको छ भने संघीय समाजवादी फोरम नेपालले ४ लाख ६८ हजार ३९९ र राष्ट्रिय जनता पार्टीले ४ लाख ६८ हजार ३४६ मत प्राप्त गरेका छन् । 
अरु दलले पाएको मतको तल तालिकामा प्रस्तुत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ