प्रचण्डले दिए देउवालाई धन्यवाद, ओलीले त्यत्तिपनि सकेनन्
प्रकाशित २०७४ पुष २ आइतबार
1k
Shares
काठमाडौं । आफू हार्ने निश्चित हुँदा हुँदै पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सिंगो नेपाली काँग्रेसलाई राज्यका विभिन्न व्यक्ति तथा संस्थाहरुले धन्यवाद दिईरहेको बेलामा निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेले भने चुनाव सम्पन्न गर्ने दललाई धन्यवादसम्म दिन सकेन ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिन आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आआफ्नो उदारता प्रस्तुत गरे ।
सम्मेलनमा पहिलो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले सुरुवातमै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखे। उनले सरकारले चुनाव गराएको भनेर सामान्य मर्यादा राखेर जस समेत दिन सकेनन् ।
चुनावी प्रक्रियामा सहभागी भएका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतलाई धन्यवाद दिने क्रममा उनले प्रतिस्पर्धी दल जो सरकारको नेतृत्व गरिरहेको छ उसलाई धन्यवाद दिएर आफ्नो उदारता प्रस्तुत गर्न सकेनन् । राजनीतिक संस्कार समेत प्रदर्शन नगरि कन्जुस्याई गरे। उनले यद्यपि मतदाता र अन्य चुनावी प्रक्रियामा सहभागी भएका सबै क्षेत्रका व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गरे ।
उनको पछि पालो आयो माओवादी अध्यक्ष प्रचण्डको । उनले पनि सरकारको आलोचना त गरे तर पनि सरकारले चुनाव सफल गराएकोप्रति धन्यवाद ज्ञापन गरे। चुनाव सफल गराएको जस नगुमाउन देउवालाई प्रचण्डले सुझाव समेत दिए । उनले सरकार चुनाव गराएर धन्यवादको पात्र बनेको भन्दै यो जस देउवाले तत्काल सरकार छाडेर आफूमै सुरक्षित राख्नुपर्ने सुझाव दिएका हुन् ।