arrow

बेलायती राजकुमार ह्यारीको बिहेमा नेपाली तरकारी ! 

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
harry.jpg

काठमाडौं । ब्रिटिश गोर्खा भन्न बित्तिकै संसारकै सुरक्षाकर्मी सतर्क हुन्छन् । आखिर नेपाली पल्टनले इज्जत र शान कमाएको थियो । त्यसको रौनक अझै छ । त्यसैले त बेलायत अझै दंग छ । भलै दिनुपर्ने सेवा सहुलियत नदिएर अहिले पनि विरोधका स्वर गुन्जिन्छन् । 

तर बेलायतीहरु नेपालीप्रति विश्वास भने गर्छन् । र मेहनतको कदर पनि । आउँदो मेको २९ तारिखमा बेलायती राजकुमार ह्यारीको विवाह हुँदैछ । त्यसको तयारी अहिलेदेखि नै चलिरहेको छ । 

अमेरिकी नायिका मेगान मर्केलसंगको विवाहको भोजमा नेपाली रेष्टुरेन्टबाट तरकारी उपलब्ध हुन सक्ने बताइएको छ । 

बेलायतको टनब्रिज गोर्खा प्लानेट रेष्टुरेन्टबाट तरकारी उपलब्ध गराउन सक्ने समाचार स्थानीय टाइम्स न्यूजले छापेको छ । 
चर्चामा भने रेष्टुरेन्टका संचालक दिनेश महर्जन र हेड सेफ दयाराम गिरी छन् । उनीहरुले ६ वर्षअघि युवराज विलियमको विवाहको डिनरको प्रवन्ध पनि उनीहरुले नै गरेका थिए । त्यतिबेला उनीहरु ओरियन्टल होटलमा काम गर्थे । 

खाना बनाउने त सेफले हो । त्यही सेफको हात नै मिठो भएर होला स्थानीय पत्रपत्रिकाले यिनीहरुलाई सम्झेका । 

रेष्टुरेन्टको चर्चा बेलायतमा भइरहन्छ । यसअघि पनि सो रेष्टुरेन्टले एसियन करी अवार्डमा बेस्ट हेल्दी इटिङ रेष्टुरेन्ट विधामा दोस्रो स्थान हासिल गरेको थियो । 
फेरि ह्यारी नेपालीप्रति अगाध माया राख्छन् । २०७२ को भूकम्पका बेला पनि ह्यारी नेपाल आएका थिए । 

नेपाली र नेपाली खाना मन पर्छ भने टनब्रिज गोर्खा प्लानेट रेष्टुरेन्टबाट पार्टीमा खाना सर्भ हुने भयो भने किन नौलो मान्नु !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ