बारा। कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले अमृता अनाथाश्रमका बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन्। कलैया ४ मा रहेको अमृता अनाथाश्रमका २० जना बालबालिकालाई कलैया उपमहानगरपालिकाको प्रमुख यादवले न्यानो कपडा बितरण गरेका हुन्।
हेलीफैक्स कन्सलटेन्सी चितवनले उपल्ब गराएको जर्सी र ट्रयकसुटलाई नगर प्रमुख यादवले अनाथाश्रममै पुगेर बितरण गरे । चिसो बढेको कारण अनाथाश्रमका बालबालिकालाई चिसोबाट बचाउनका लागि जर्सी र ट्रयकसुट बितरण गरिएको यादवले बताए।
न्यानो कपडा बितरण कार्यक्रममा उनले अनाथाश्रमका बालबालिकालाई सबै किसिमको सहयोग गर्न कलैया उपमहानगरपालिका तयार गरेको प्रतिबद्धत जनाएका छन् ।