स्याङ्जा । लोकतन्त्रको खवा भनेर चिनिने जिल्ला स्याङ्जा २०७४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनले बामगठबन्धन तर्फ धकेलिदिएको छ । बामगठबन्धको लाल किल्ला हुनबाट जोगाएका नेपाल तरुणदलका जिल्ला अध्यक्ष भागवतप्रकाश मल्ल मात्रै काँग्रेसको प्रतिनिधिका रुपमा विजयी भए ।
स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नं. २ को ख बाट प्रदेश सभाका लागि विजयी भएपछि मल्ल जनताको घरदैलोमा पुगेका छन् । जनता सामु पुगेर मल्लले काँग्रेसलाई मतदान गर्नुभएकोमा भन्दै मतदातालाई धन्यवाद दिएका छन् । चापाकोट नगरपालिकाका विभिन्न वडामा पुगेर नव निर्वाचित प्रदेशसभाका सांसद मल्लले आफुले गरेका प्रतिवद्धता पुरा गरेर छाड्ने बताएका छन् ।
प्रदेश नं. ४ अन्तरर्गत स्याङ्जाको यो प्रदेशलाई उत्कृष्ट प्रदेशको रुपमा उभ्याउने मल्लको जनता सामु भनाई रहेको छ । मलाई तपाईहरुले साथ दिनुहोस प्रदेशसभा सांसद मल्लले भने,“जनताको इच्छा र आवश्यकतालाई प्रथामिकतामा राखेर काम गर्नेछु ।” यो प्रदेशको अग्रणी विकासका लागि सदैव तपाईको साथमा रहने छु मल्लले भने । सभामा प्रदेश सभाका साँसद मल्लले विपिको मेलमिलापको सिद्धान्त अनुसार यस स्थानका अन्य दलसगँ सहकार्य गरेर विकासका काम अगाडी बढाउने आफ्नो ध्येय रहेको बताए । चुनावमा अघिपछि हुनु स्वाभाविक हो भन्दै कम्युनिष्टले जिते भनेर नआत्तिन आम लोकतन्त्र प्रेमीलाई उनले आग्रह गरे।
नेपाली कांग्रेस साविक साखर गाविस सभापति ज्ञोनश्वर वस्ताकेटिको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस युवा नेता बामन पौडेलले सक्षम र जुझारु युवा नेता स्याङजा क्षेत्र नम्वर २ को २ ले पाएको भन्दै अव विकास हुनेमा शकां नगर्न सवैलाई आग्रह गरे । वडा अध्यक्ष एकदेव भट्टराइ। माधव गैह्रे लगायतका बक्ताहरुले वोलेका थिए । प्रदेशसभाका सबै वडाहरुमा पुन विजयी भएपछि एकपटक पुग्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको नेविसघं क्षेत्रिय सभापति धनराज पौडेलले जानकारी दिए ।