arrow

वीजेपीले ल्यायो हिमाञ्चल र गुजरातमा बहुमत

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
bjp-logo.jpg

काठमाडौं ।  विधान सभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (वीजेपी) ले बहुमत ल्याएको छ । वीजेपीले  हिमाञ्चल र गुजरात प्रदेश दुवैमा बहुमत ल्याएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातको १८२ स्थानमध्ये वीजेपी ९९ स्थान जितेको छ ।  भने कंग्रेसले ८० स्थानमा जितेको छ ।  वीजेपीको गुजरातका ९२ स्थान  जीते  बहुमत पुग्ने थियो । सो स्थानमा अन्य दलले ३ स्थान जितेका छन् ।  

त्यस्तै  हिमाञ्चल प्रदेशमा पनि वीजेपीले बहुमत ल्याएको छ।  हिमाञ्चलमा ६८ स्थान मध्ये वीजेपीले ४४ र कंग्रेसले २१ स्थान जितेका छन् । हिमाञ्चलमा वीजेपीलाई बहुमत ल्याउन  ३५ स्थान जिन्न आवश्यक थियो ।  सो स्थानमा अन्य दलले ३ स्थान जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ