arrow

कञ्चनपुरको विकासका लागि आफू कटिबद्ध रहेको रमेश लेखकको भनाई

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
lekhak1.jpg

कञ्चनपुर ।  नेपाली कांग्रेसका नेता रमेश लेखकले मंसिर २१ गते सम्पन्न निर्वाचनमा सहयोग गर्ने सबै मतदातालाई धन्यवाद दिए । सोमवार कञ्चनपुरको क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न वडाहरुका मतदातासँगको भेटघाट कार्यक्रममा बोल्दै कांग्रेश केन्द्रीय सदस्य लेखकले आफुलाई प्रतिनिधिसभामा मतदान गरी सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

 हार–जित लोकतान्त्रिक प्रक्रिया भएकाले त्यसलाई आफुले सामान्य रुपमा लिएको नेता लेखकको भनाई छ । कञ्चनपुरको विकासका लागि आफुले बिगतका थुप्रै काम गरेको भन्दै नेता लेखकले अझैपनि कञ्चनपुरको विकासमा आफू कटिबद्ध रहेको बताए ।

विगतको निर्वाचनमा आफुले विजय हाँसिल गरेपछि कञ्चनपुरमा बजेटको ठुलो हिस्सा ल्याएकोले अहिले दर्जनौ योजनाहरु अगाडी बढिरहेको बताए । कांग्रेस नेता लेखकले नेपाली कांग्रेशका दर्जनौ नेताहरुले निर्वाचनमा पराजय भोगेपनि अहिले देशको विजय भएको बताए  । कञ्चनपुरको विकासका लागि आफु कटिबद्ध रहेको कांग्रेस नेता लेखकले बताए  । कञ्चनपुरको विकास लागि विशेष ध्यान दिन समेत उनले सरोकारवाला निकाय तथा जनप्रतिनिधिलाई आग्रह गरे ।

कांग्रेसबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रंतिनिधिसभाको लागि उम्मेदवार नेका नेता लेखक हार्नु कञ्चनपुरको लागि दुर्भाग्य भएको विश्लेषण भइरहेका बेला नेता लेखक मतदातासंगको भेटघाटमा व्यस्त  भएको क्षेत्रिय प्रवक्ता अफिलाल जोशीले जानकारी दिए । कांग्रेसका नेता लेखकसंगै प्रदेश सभाका उम्मेदवारद्वय यज्ञराज जोशी र बेल बहादुर रानामगर समेत मतदाताहरुसंगको भेटघाटमा व्यस्त रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ