arrow

कम्युनिष्ट गठबन्धनको कमालः बग्दै उत्तरबाट हावा, आउँदै चिनियाँ राष्ट्रपति 

logo
बाबु नेपाली,
प्रकाशित २०७४ पुष ४ मंगलबार
chinese-president.jpg

काठमाडौं। कम्युनिष्ट गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेपछि दक्षिणी हावा मन्द छ भने उत्तरी हावाको बेग बढ्दो छ । यही बेगले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि नेपाल तान्दैछ।  लामो समय भएको छ चिनियाँ राष्ट्रपति सीले नेपाल आउने भनेको । तर माहौल बल्ल बन्न लागेको छ । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेलामा सी नेपाल आउने चर्चा खुवै भएको थियो  

तर ओलीलाई प्रचण्डले विस्थापित गर्न लागेको थाहा पाएपछि सीको भ्रमण रोकियो । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा सी आउने कुरै भएन। चीन काँग्रेसलाई दक्षिणी हावाबाट प्रभावित ठान्छ भने एमाले र माओवादीलाई आफ्नै गोटी भएको विश्वास गर्छ।  चीनकै दबाबकै कारण पनि एमाले र माओवादीबीच चुनावी गठबन्धन भएको ठान्ने राजनीतिक विष्लेषक धेरै छन्। त्यसैले पार्टी एकटा पनि सजिलै हुने अनुमान धेरैको छ।

माओवादी केन्द्रका एक नेता त पार्टी एकताको समय पारेर सीलाई प्रमुख अतिथि बनाउने सोच बनाएकोसमेत बताउँछन्। यो कत्तिको सम्भव होला त्यो उनै जानुन् तर सीको नेपाल भ्रमणका लागि परराष्ट्र मन्त्रालयले समेत तयारी थालेको बताइन्छ। अबको प्रधानमन्त्री केपी शर्मा ओली हुने र ओलीले प्रचण्डलाई साथमा राखेर सीलाई भव्यतापूर्वक स्वागत गर्ने इच्छा राखेको बताइन्छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै कार्यकालमा सीलाई स्वागत गर्न चाहन्थिन् । राष्ट्रपति कार्यालय स्रोत भन्छ, ‘राष्ट्रपति ज्यूको चाहना अनुसार नै अहिले सीलाई नेपाल भ्रमणको निम्तो दिइँदैछ। 

सी को भंमणका क्रममा नेपालमा विकासको एजेन्डाले फड्को मार्ने कम्युनिष्ट गठबन्धनका नेताहरुको भनाइ छ। एक एमाले नेता भन्छन्, ‘सीको भ्रमणका दिनदेखि नै विकासले गति लिन्छ, चीनले कम्युनिष्ट सरकारलाई धेरै भरोसा गरेको छ, धेरै सम्झौता पनि हुनेछन्।’

उनले अहिल्यै यी विषयमा सम्झौता हुँदैछन् भनेर भन्न नमिल्ने प्रतिक्रिया दिए । तर उनी सीको नेपाल भ्रमण छिट्टै हुने दावी गर्छन्। सीको भ्रमणका क्रममा केरुङ–रसुवागढी(काठमाडौं रेलमार्ग विस्तार गर्ने, तेल पाइपलाइन जोड्नेलगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको बताइन्छ। 

नेपाल पनि के कम सोही समयको मौकामा पूर्वघोषित कार्यक्रम अनुसार सीलाई खुशी पार्न दुईवटा गैंडा पनि उपहार दिने योजना छ। नेपालको विदेशनीतिले पहिलेदेखि नै हावी खाइरहेको छ। त्यसैले सरकार फेरिएपिच्छे नीति बदलिन्छ।  काँग्रेसको नेतृत्वमा सरकार बने पहिले दक्षिणतिर हानिन्छ। एमाले र माओवादी पनि त्रासैत्रासले दक्षिणतिरै हानिन्छ। 

तर कार्यकर्तालाई देखाउनका लागि पटक पटक दक्षिणकै विरोध गर्छ। अहिले भने दक्षिणको कुनै वास्ता गरेका छैनन् कम्युनिष्ट गठबन्धनका नेताले।यसबाट दक्षिणले ती नेताहरुप्रति भन्दा पनि नेपालप्रति गलत दृष्टिकोण नल्याओस् भन्ने हो। तर स्थिर सरकार बन्ने हो र यदि कम्युनिष्टहरु साँच्चिकै मुलुकलाई अग्रगमनको दिशामा लैजान चाहन्छन् भने सीलाई नेपाल भ्रमणमा बोलाएर सम्झौता हैन विकासका काम गर्न थाल्ने हो भने नेपालको पनि कायापलट हुनेछ।

राष्ट्रपति सी २०१६ सेप्टेम्बरमा नेपाल भ्रमणमा आउन चाहेका थिए। दक्षिण एसियाका श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारतलगायत अधिकांश देशको भ्रमण गरे पनि उनी नेपाल आएका छैनन्। सीको यसपटक चीनमै पनि शक्ति अझ बढेको छ। उनले चाहे भने नेपालको हीरालाई टल्काउन सक्छन्। छिमेकी राष्ट्रको रुपमा विकसित राष्ट्रले नेपाललाई माया र सद्भाव दिने हो भने त्यो भ्रमण र हेराइ सार्थक हुने थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ