arrow

देउवा सरकारले राष्ट्रिय सभा अध्यादेश र नयाँ सरकारबारे औपचारिक धारणा सार्वजनिक गर्दै 

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । सरकारले राष्ट्रियसभा अध्यादेश र नयाँ सरकार गठनका बारेमा औपचारिक धारणा सार्वजनिक गर्दैछ । 

सरकारले मंगलबार दिउँसो २ बजे सञ्चार मन्त्रालयमा यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी गराउन लागेको हो । 

कम्युनिष्ट गठबन्धनले निर्वाचनमा बहुमत ल्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर नयाँ सरकारका लागि सहजीकरण गर्न पत्रकार सम्मेलन नै आयोजना गरेपछि सरकारले पनि आफ्नो धारणा राख्न थालेको हो । 

गत आइतबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले देउवालाई गतिरोध नगर्न सुझाव दिएका थिए । 

तर सरकारले राष्ट्रिय सभा अध्यादेश राष्ट्रपतिले रोकेको भन्दै आपत्ति जनाएको छ । 

देउवा सरकारले राष्ट्रिय सभाको निर्वाचन पनि यही सरकारले गराउनु पर्ने अडान राख्दै आएको छ । 

राष्ट्रपछि विद्यादेवी भण्डारीले पाँच हप्ताअघि नै सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश रोकेकी छिन् । 

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुनुअघि नै पेश परेको अध्यादेश रोक्नुलाई सरकारले गम्भीर रुपमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ