प्युठानका सांसद्ले भने, 'राणा र राजा शासन त फाल्यौं, पत्रकारसँग डराईँदैन'
प्रकाशित २०७४ पुष ४ मंगलबार
601
Shares
काठमाडौं । प्युठान जिल्ला प्रदेश सभा क का प्रदेश सभा सदस्य हरिप्रसाद रिजालले पत्रकारलाई दूव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ प्युठानले आपत्ति जनाएको छ । महासंघका कार्यबाहक अध्यक्ष एलपी थापाले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो रिजालले पत्रकारमाथि दूव्र्यवहार गरेको आरोप लगाएका छन् ।
उनले राणा शासन र राजा शासन फालेको आफू पत्रककारसँग डराउनुपर्ने कुनै कारण नरहेको बताएका थिए । उनले आफूलाई चुनावमा असहयोग गर्ने पत्रकारलाई कानून बनाएर ठीक पार्ने चेतावनी दिएको पनि महासंघले आरोप लगाएको छ ।
महासंघले पूर्ण प्रेस स्वतन्त्रताको विपरित उनले दिएको अभिव्यक्तिले सिंगो पत्रकारिताले नै असुरक्षित महशुस गरेको बताए ।