arrow

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागीः दुई जनाको मृत्यु, आगो नियन्त्रण बाहिर

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
aagalagi.jpg

वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागीमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज २४ पटेलनगरमा रहेको उद्योगको ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भर्इ आगलागी भएको थियो । 

आगलागी नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको दमकलसमेत जलेपछि स्थिति तनावग्रस्त भएको छ । सोही बारुण यन्त्रका दुई जना बेपत्ता छन् । दुई शव फेला परेको छ । केही बेपत्ता छन् । केही कामदार घाइते भएका छन् । 

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी आगलागी नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । 

उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागीका कारण बस्ती छाडेर स्थानीय सुरक्षित स्थलतर्फ लागेका छन् । 

झण्डै पाँच किलोमिटरसम्म टाढा जान आग्रह समेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ