arrow

प्रदेशसभा ७ मा वामलाई दुई तिहाई

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ पुष ५ बुधबार

पुनर्वास, कञ्चनपुर। प्रदेश नं. ७ को प्रदेशसभामा वाम गठबन्धनको दुई तिहाई बहुमत हुने भएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ  कांग्रेसले २ लाख ९५ हजार ७२९ मत पाएको छ भने एमालेले २ लाख ६० हजार ९५५ र माओवादीले १ लाख ४२ हजार ७०२ भोट पाएको छ। राजपाले ३६ हजार ९०२ मत पाउँदा राप्रपाले १५ हजार ४४४ मत ल्याएको छ।

आयोगले समानुपातिकको मत दिएपनि कुन दलले कति सिट पाउने छ भनेको छैन। तर, सेन्ट लग मेथडका आधारमा कांग्रेस र एमालेले समान ८ र ८ सिट पाउने देखिन्छ भने माओवादी ले ४ र राजपाले एक सिट पाउने छ। राप्रपाले भने पाउने छैन। प्रदेश ७ को प्रदेशसभामा एमाले २५ सिटसहित सबैभन्दा ठूलो दल बन्ने छ। तर, प्रत्यक्षतर्फ १७ सिट जितेको उसलाई बहुमतलाई २ सिट पुग्दैन। प्रत्यक्षतर्फ १० सिट जितेको माओवादीको १४ सिट हुनेछ। कांग्रेसको प्रत्यक्ष ४ सहित १२ सिट हुनेछ भने प्रत्यक्षमा एक सिट जितेको राजपाको कुल २ सिट हुनेछ। ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सदस्य भए पुग्छ भने दुई तिहाईका लागि ३६ सिट। एमाले र माओवादी गठबन्धनसँग दुई तिहाई पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ