arrow

झाडु लगाउनेले गरे अमरगढी नगरपालिकामा तालाबन्दी

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
sweeper.jpeg

डडेल्धुरा । डडेल्धुरास्थित अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाइ गर्ने कुचिकारले नगरपालिकाको कार्यालयमा बुधवार तालाबन्दी गरेका छन् ।

डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखरा बजार क्षेत्र सरसफाइ गर्दै आएका कामदारले महिनौसम्म आफूहरुले तलब नपाएको भन्दै नगरपालिकमा तालाबन्दी गरेका हुन् ।

नगर सरसफाइको काम गर्दै आएका दुई दर्जनभन्दा बढी कामदारले नगरपालिकाको लापरवाहीका कारण तलब नपाएको बताउँदै बजारबाट संकलन गरेको फोहोरको ट्रयाक्टर कार्यालयमै राखी कार्यालयको मुख्य गेटलगायत कार्यालयमै तालाबन्दी गरेको कामदार हिमाल जैरुले जानकारी गराए । तालाबन्दी हुँदा नगरपालिकाबाट हुने सबै कामकाज ठप्प भएको छ ।

दिनहुँ सिफरिस, दर्ता, नवीकरणलगायतका विभिन्न कामले टाढाटाढाबाट कार्यालयसम्म पुग्ने सेवाग्राही आज त्यसै फर्केका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ