arrow

संविधानमा बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ : नेम्वाङ

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
Subash-chandra-negmang.png

काठमाडौँ । नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदको नाम राष्ट्रपतिसमक्ष बुझाएपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने बताएका छन् ।  

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले बुधवार यहाँ आयोजना गरेको ‘पत्रकार आचारसंहिता र पत्रकारिताको वर्गीकरण’ विषयको अन्तरक्रियामा उनले राष्ट्रपतिलाई आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम चाँडै नै पठाउने बताए ।

नेता नेम्वाङले २०४७ सालको संविधान जस्तै अहिलेको संविधान रहेकाले राष्ट्रपतिले बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको बताए । “संसद्मा प्रस्ताव राखेर प्रधानमन्त्री चयन गर्न अहिलेको व्यवस्थाले मिल्दैन, २०४७ सालको संविधान जस्तै प्रतिनिधिसभाको बहुमत प्राप्त गर्ने नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया छ”– उनले भने।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईँ र ईश्वरी ओझाले आचारसंहितामा रहेर मात्र सञ्चार संस्थाले समाचारको प्रकाशन प्रसारण गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ