arrow

देउवा र ओलीले पनि उठाए मोदीको फोन, के भने ?

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
Modi-Oli.jpg.jpeg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन दलका नेतालाई टेलिफोन गरी बधाई दिएका छन् । उनले पालैपालो प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरि बधाई दिएका हुन् ।

मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई भने । देउवासँगको टेलिफोन कुराकानीमा मोदीले ऐतिहासिक निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गरेकामा बधाई दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

मोदीले देउवासँग निर्वाचनपछि छिमेकीको नाताले भारतले नेपालमा राजनीतिक स्थिरता र विकासको चाहान राखेको जानकारी प्रेस संयोजक परियारले दिए । ओली चिनियाँ नाका रसुवागढी पुगेर फर्किएको खबर पाए लगत्तै मोदीले टेलिफोन गरेका हुन् ।

पुष्पकमल दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले भारतीय प्रधानमन्त्रीले अपराह्नपछि टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ