arrow

राजनीतिक गतिरोध अन्त्यकालागि सर्वदलीय बैठक बालुवाटारमा जारी

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
Baluwatar_allparty_meet.jpg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउबाले देशमा जारी राजनीतिक गतिरोध अन्त्यकालागि बोलाएको सर्वदलीय बैठक प्रम निवास बालुवाटारमा जारी रहेको छ। 

सरकार गठन र राष्ट्रीय सभा निर्वाचनका राजनीतिक गतिरोधले गर्दा अगाडी बढ्न नसकेको समयमा विवाद सुल्झाउने उद्देश्यले उक्त बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितको बैठक शुरु भएको हो । 

पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । 

प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अध्यादेश विषयलगायत अन्य राजनीतिक मुद्दामा छलफल हुने बुझिएको छ । 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता छ । 

प्रधिनीसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भेसकेको अवस्थामा निर्वाचन आयोगले समानुपातिक मतको नतिजा सार्वजनिक गर्न सकेको छैन्। सबै गतिरोधको अन्त्यकालागि सर्वदलिय बैठक बोलाईएको जानकारी परियारले दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ