मलेखु, धादिङ। रानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ। गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डरहिजो बेलुका घरभित्र पुर्याउँदा विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताए।
ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गरे। मानिस घर बाहिर भएकाबेला विस्फोटन भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताए। गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ। रासस