राष्ट्रपतिलाई आफ्नो साख नगुमाउन कांग्रेसले आग्रह गर्ने
प्रकाशित २०७४ पुष ७ शुक्रबार
253
Shares
काठमाडौं। प्रधानमन्त्री शेरबाहादुर देउवाले बोलाएको सर्वदलीय बैठकबाट जारी गतिरोधकाबारे कुनै ठोस निष्कर्ष निस्किन नसके पछि कांग्रेसका नेताहरुले शुक्रवार तीन बजे राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ।
राष्ट्रपतिले कांग्रेसका नेताहरुलाई तीन बजे भेटेर जारी गतिरोधका बारे छलफल गर्ने कुरा जानकारी प्राप्त भएको छ। सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश राष्ट्रपति कार्यलयमै रहेकोले उक्त अध?यादेशका बारे छलफल हुने कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिएका छन्।
राष्ट्रपतिसँगको भेटमा कांग्रेसले स्पष्ट रुपमा राष्ट्रपतिलाई आफ्नो साख जोगाउन आग्रह गर्ने सिटौलाले जानकारी दिएका छन्। राष्ट्रपति कार्यलयबाट अध्यादेश फिर्ता भएको खण्डमा सरकारले दुख ब्यक्त गर्दै उक्त अध्यादेश पास गर्न पुन: पत्र लेख्ने पनि सिटौलाले बताएका छन्।
राष्ट्रपतिलाई पुन: पत्र लेख्दा राष्ट्रपतिले अध्यादेश रोक्न नसक्ने हुँदा आफ्नो गरिमा र साखलाई ध्यान दिन कांग्रेसले आग्रह गर्ने सिटौलाले जानकारी दिएका छन्।
राष्ट्रीयसभा निर्वाचन सम्बन्धि अध्यादेश सरकारले राष्टर्पति समक्ष पेश गरेको करिब गुई महिना भैसकेको छ। उक्त अध्यादेश पास नहुँदा राष्ट्रीयसभाको निर्वाचन हुन सकेको छैन्।
प्रतिनीधिसभा र प्रदेश सभा दुवै निर्वाचन भैसक्दा पनि निर्वाचन आयोगले उक्त अध्यादेश रोकिएको कारण अन्तिम नतिजा निकाल्न सकेको छैन्।