arrow

राष्ट्रपतिको कदम विरुद्ध नेविसंघ सडकमा, भृकुटीमण्डपमा प्रदर्शन हुँदै 

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
nc-nsu-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश प्रमाणीकरण गर्न नमानेपछि राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध आन्दोलन हुने भएको छ । कांग्रेसको मुख्य भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विरुद्ध आन्दोलनको उद्घोष गरेको हो ।

राजधानीको प्रदर्शनीमार्गमा राष्ट्रपतिको असंवैधानिक अडानविरुद्ध आज प्रदर्शन गर्न लागिएको नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । विहान नौ बजे प्रदर्शनी मार्गमा भेला गएर प्रदर्शन गर्न लागिएको उनले बताए । 

काँग्रेसले एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको आरोप लगाउँदै आएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले सामान्य अवस्थामा सरकारले सिफारिस गरेको अध्यायदेशलाई स्वतः प्रमाणीकरण गर्ने भएपनि विवादित अवस्थामा सहजै प्रमाणीकरण गर्न नहुने बताए । 

उनले अध्यायदेशका बारेमा राष्टपतिले परामर्श गरिरहेको जानकारी दिएपनि कहिले टुंगीन्छ भन्ने बारेमा पनि स्पष्ट पारेनन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ