arrow

म्यादीको विदार्इ : भर्ना हुँदाको उल्लास देखिएन विदार्इमा

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ पुष ८ शनिबार
myadi_police.jpg

हेटौँडा । मकवानपुरमा मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरीलाई शुक्रबार विदाई गरिएको छ । ५५ दिनका लागि निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएका १ हजार ३ सय १७ जनालाई जिल्ला प्रहरी कार्यालयसहित विभिन्न प्रहरी इकाईबाट विदाई गरिएको हो । 

उनीहरुलाई प्रशंसापत्रसहित विदाई गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र रहेका म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यक्रमको आयोजना गरी विदाई गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए । 

विदाई कार्यक्रममा बोल्दै मकवानपुरका प्र्रहरी उपरीक्षक विकासराज खनालले ५५ दिने सहकार्यमा म्यादी प्र्रहरीको भूमिका सन्तोषजनक र प्रशंसनीय रहेको बताए । मकवानपुरमा निर्वाचन सुरक्षाका लागि १३ सय २८ जना नियुक्त गरिएको थियो । आप्mनो कर्तव्य पुरा गर्ने क्रममा मकवानपुरमा २ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । उल्लासमय वातावरणमा नियुक्त भएका म्यादीलार्इ विदाइ गर्ने समयमा भने प्रहरी र म्यादीहरुको मन भने भाबुक र मलिन देखिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ