नैतिकताको आधारमा देउवाले राजीनामा दिनुपर्छ : प्रकाशमान सिंह
प्रकाशित २०७४ पुष ८ शनिबार
824
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनमा कांग्रेस पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका छन् । राजधानीको डिल्लीबजारमा मतदातालाई धन्यवाद दिनेक्रममा आज विहान सञ्चारकर्मीसँग कुरा नेता सिंहले पार्टी पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय प्रचलनमा निवार्चनमा पराजय ब्यहोरो नेतृत्वले राजीनामा दिने प्रचलन भएको भन्दै नेपाली कांग्रेसमा पनि नेतृत्वले राजीनामा दिनुपर्ने आफ्नो मान्यता रहेको सुनाए । ‘राजीनामा दिने नदिने सभापति को कुरा हो । तर, अन्तर्राष्ट्रिय प्रचलन अनुसार चुनाव हारेपछि तत्कालै नैतिकताका आधारमा नेतृत्वबाट राजीनामा दिने प्रचलन छ ।
पार्टी सभापतिले पराजयको नैतिक जिम्मेवारी लिनु पर्ने बताएका छन् । अहिलेको निर्वाचनबाट कांग्रेसमा सुधार आवश्यक छ भन्ने जनमत आएको भन्दै आफूहरु विपक्षमा बसेर जिम्मेवार, र सकारात्मक विपक्षीको भुमिका निर्वाह गर्ने उनकाे भनाई छ । ‘अब हामी विपक्षीमै बसेर पार्टीलाई जनताको लोकप्रिय एक नम्बर पार्टीं बनाउनतिर लाग्छौं ।
पार्टीभित्र संगठनात्मक सुधारदेखि विधि विधान अनुसार चलाउन अाफुहरुकाे जाेड रहने प्रष्ट पार्दै आवश्यक परे नेतृत्व पनि परिवर्तन हुन्सक्ने बताएका छन् । नेता सिंहले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश छिटो भन्दा छिटो पारित गर्न राष्ट्रपतिलाई आग्रह समेत गरे ।
दुर्इ महिना पहिले नै सरकारले पेस गरेकाे अध्यादेस राेकेर राख्नु संविधान सम्वत नहुने भन्दै कांग्रेस विधि प्रक्रियालाई पूरा गरेर सत्ता हस्तान्तरणकाे लागि तयार रहेकाले सरकारकाे नेतृत्व गर्ने जनमत पाएका दलहरुलाइ अनावश्यक बखेडामा नअल्मलिन समेत अाग्रह गरेका छन् ।