arrow

अदालतले दोषी ठहर गरेसँगै पक्राउ परे लालू यादव

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
lalu-arrested.jpg

काठमाडौं। विहारका पूर्व मुख्यमन्त्री लालु यादव पक्राउ परेका छन्। चारा घोटालामा राँचीको विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। उनलाई दोषी ठहर गरेसँगै उनलाई अदालत परिसरबाटै प्रहरीले जेल लगेको छ।

१९९६ मा भएको यस घोटालाको बारेमा २०१३ मा पनि उनलाई दोषी ठहर गरिएको थियो। यस घोटालामा उनीमाथि फरक फरक ६ वटा केस चलिरहेको थियो। लालूका अलावा यसको आरोपीहरुमा बिहारका पूर्व  मुख्यमन्त्री जगन्नाथ मिश्र सहित विद्यासागर निषाद, आर। के। राना, ध्रुव भगत, आईएएस अफसर, महेश प्रसाद तथा बेक जूलियस समेत कुल २२ जना विरुद्ध मुद्दा चलेको थियो। कोर्टमा लालूको साथमा उनका पुत्र तेजस्वी यादव पनि उपस्थित थिए।

२१ वर्ष पहिले बिहारमा भएको यस घोटालाले पुरै देशमा धमाका मच्चाएको थियो। चारा घोटालामा त्यतिबेलादेखि नै लालू र मिश्रलाई आरोप लगाईँदै आईएको थियो। घोटालामा सरकारी कोषबाट ८४ करोड ५३ लाख रुपैयाँ अबैध रुपमा निकासा गरिएको विषयमा लालूलाई दोषी ठहर गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ