arrow

दक्षिणी फिलिपिन्समा आँधी, सय बढीको मृत्यु

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
mindanao.jpg

एजेन्सी । आँधीले दक्षिणी फिलिपिन्समा सय बढीको मृत्यु भएको छ । आँधीपछि आएको बाढीको चपेटामा परी कयौँ मानिसहरु हराइरहेको बीबीसीले उल्लेख गरेको छ ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार टेम्बिन नामक आँधीले मिन्दानाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ । यो आँधीले टुबोड र पिआगापो शहर सबैभन्दा बढी असर गरेको छ । बीबीसीका संवाददाताहरुले भनेका छन्, ‘कैयौँ घरहरु ढुङ्गाले पुरिएका छन् ।’

यो आँधी पश्चिमतर्फ अघि बढेको छ । पश्चिमतिर फैलनु अघि प्रतिघण्टा ८० किलोमिटर वेगमा आएको आँधी मिन्दानाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको बीबीसीले उल्लेख गरेको छ । फिलिपिन्स सधैँ जसो आँधीको चपेटामा पर्दै आएको छ । टुबोडका एका प्रहरी अधिारीका अनुसार टुबोड शहरमा कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ ।

उनले अगाडि भनेका छन्, ‘नदीमा पानीको बहाव बढेको छ । अधिकांश घरहरु बगेका छन् । त्यहाँ अहिले गाउँ  छैन ।’ एक साता पहिले मात्रै टाई टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा कयौँ मानिसको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ