arrow

कालिकोट सदरमुकाम अशान्त, अनिश्चितकालीन कर्फ्यू लाग्यो

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
kalikot1.JPG

कालिकोट । प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोट सदरमुकाम अशान्त भएको छ । शुक्रबार म्यादी प्रहरीको विदाई हुँदा तलब घटाएर दिएको भन्दै म्यादीहरुले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

शनिबार पनि कालिकोट सदरमुकाम मान्म तनावपूर्ण बन्यो । म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरे । स्थिति अनियन्त्रित हुन थालेपछि स्शानीय प्रशासनले अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थिति नियन्त्रण बाहिर जान थालेपछि दिउँसोबाट कर्फ्यू लगाएको बताए । हाम्राकुरासँग उनले भने, ‘दिउँसो प्रर्दशन भयो । साँझ प्रदर्शन नभएपनि अनिन्त्रित हुन थालेपछि हामीले अर्को सूचना नभएसम्मका लागि सूचना जारी गरेर कर्फ्यू लगाएका हौँ ।’

दिउँसाे प्रदर्शनलाई रोक्न प्रहरीले आश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीले विभिन्न स्थानमा टायरबालेर प्रदर्शन गरेका छन् । तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले शुक्रबार आन्दोलन गरेका थिए । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउँदा रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको मृत्यु भयो ।  

ऐडीको मृत्युपछि म्यादी र स्थानीयले प्रहरी विट र प्रहरी चौकीमा तोडफो गरेका थिए भने, प्रहरी विटमा आगो समेत लगाइदिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ