एकतामा साना वाम दललाई पनि समाहित गरिने : नेता नेपाल
प्रकाशित २०७४ पुष ९ आइतबार
268
Shares
काठमाडौं। एमालेका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताएका छन्। पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले उहाँको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्छ। उनले भने, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ।”
प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र माओवादी केन्द्रबीच छिट्टै एकता हुने र त्यसपछि अन्य ससाना वाम दललाई पनि समाहित गरिने जानकारी दिए। रासस