arrow

हजारौँ रसियाली नाभाल्नीको उम्मेदवारीको पक्षमा

logo
प्रकाशित २०७४ पुष ९ आइतबार
navalny-putin-russia.jpg

मस्को, रसिया। रसियाली राष्ट्रपतिको आगामी मार्च महिनामा हुने निर्वाचनमा रसियाली प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी वर्तमान् राष्ट्रपति भ्लादिमिर पुटिनसँग सामना गर्न सक्षम रहेको भन्दै उनको उम्मेदवारीका लागि आइतबार देशैभर समर्थनमा उत्रेका छन्।

उनीहरूले ४१ बर्षीय आकर्षक वकील नाभाल्नीलाई रसियाका विभिन्न बीस शहरमा भेटी राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नबाट नरोक्न निर्वाचन अधिकारीहरूमार्फत जिम्मेवार उच्च निकाय तथा अधिकारीलाई दवाव सिर्जना गरेका छन्।

रसियाको राजधानीस्थित मस्को नदीमा टेन्टमा जम्मा भएका सयौँ समर्थककाबीच नाभाल्नीले भने, “म सम्पूर्ण रसियाको नेतृत्वका लागि राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन यहाँ उभिइरहँदा निकै गौरवान्नित महशुस भएको छु। म निकै खुशी छु।” नाभाल्नीले उक्त समूहलाई सम्बोधन गर्दै भने, “हामी जीत हात पार्न तयार छौँ र जित्नेछौँ।”

रसियाको केन्द्रिय निर्वाचन आयोगका दुई अधिकारी पनि मस्कोमा भएको उक्त कार्यक्रममा उपस्थित रहेका, नाभाल्नीको अभियानका सदस्यले भने। रासस-एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ