arrow

समाचारको विषयमा प्रहरीले चिठी काटेकोप्रति प्रेस युनियनको आपत्ति

logo
प्रकाशित २०७४ पुष १० सोमबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । महानगरीय प्रहरी परिसरले समाचारको विषयलाई लिएर पत्र काटेकोप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले विज्ञप्ति जारी गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्धाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंले सो सम्वन्धी समाचार प्रकाशित गर्ने पत्रकार र तिनका संस्थाहरुलाई कागजात उपलव्ध गराइदिन यहि पुष ६ गते गरिएको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

यस्तो छ विज्ञप्ति–

मितिः २०७४ पुष १०

प्रेस वक्तव्य

महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्धाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंले सो सम्वन्धी समाचार प्रकाशित गर्ने पत्रकार र तिनका संस्थाहरुलाई कागजात उपलव्ध गराइदिन यहि पुष ६ गते गरिएको पत्राचारप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ। 

विभिन्न सञ्चार माध्यममा २०७३ साल चैत्र महिनामा तत्कालिन प्रहरी नायव महानिरिक्षक नवराज सिलवालको सक्कली र नक्कली भनिएको २०७२र०७३ को कार्यसम्पादन मूल्याङकन प्रकाशित भएको सन्दर्भमा सोको स्रोत समेत खुलाइ कागजात उपलव्ध गराइदिन गरिएको पत्राचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। 

स्वतन्त्र प्रेसले समाजको विभिन्न विषयमा आफ्ना स्रोतहरुबाट प्राप्त सामग्रीलाई प्रस्तुत गर्न सक्छ र यसको स्रोत खोल्न वाध्य पारिनेछैन भन्ने मान्यतालाई यो पत्रले ठाडै उलंघन गरेको छ। 

सम्मानित अदालतले अनुसन्धान गर्न दिएको आदेश पछि अनुसन्धान गर्नुपर्ने निकाय प्रहरीले आफ्नो सहजताको लागि सञ्चारमाध्यमलाई स्रोत खोल्न पत्राचार गर्नुभन्दा सो प्रकरणमा आरोपित र त्यस प्रकरणबाट फाइदा पाउने पक्षलाई नै अनुसन्धानको दायरामा ल्याएर बुझ्दा नै उपयुक्त हुने हाम्रो ठहर छ। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्य र मान्यता, नेपालको संवैधानिक र कानूनी प्रावधानको मान्यता विरुद्ध पत्रकारहरुलाई निरुत्साहित गर्ने ढंगले उनीहरुको काममा अवरोध नपुर्‍याउन युनियन यसै वक्तव्य मार्फत सम्वन्धत सबैलाई सचेत तुल्याउँछ। 

धन्यवाद। जय नेपाल। 

अजयबाबु शिवाकोटी
महासचिव 
नेपाल प्रेस युनियन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ