arrow

इजिप्टमा प्रहरीले छापा मार्ने क्रममा भिडन्त हुँदा नौ ‘आतङ्ककारी’को मृत्यु

logo
प्रकाशित २०७४ पुष १० सोमबार
egypt-police-IS.jpg

काएरो, इजिप्ट। इजिप्टको उत्तरी प्रान्त शर्कियामा शङ्कास्पद गतिविधि सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्ने क्रममा आइतबार नौ जना आतङ्कवादी लडाकू मारिएका यहाँको गृह मन्त्रालयले जनाएको छ।

इजिप्टको सुरक्षा बलले शर्कियाको एक भागमा सुरक्षित आश्रयस्थल बनाई उत्तरी सिनाइ क्षेत्रमा आक्रमण गर्ने योजनाका साथ प्रशिक्षण शिविर चलाएको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा भडप भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छापा मार्ने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण शुरु गरेपछि चलाएको सुरक्षा कारबाहीमा आतङ्ककारीको मृत्यु भएको जनाएको छ।

यसैगरी इजिप्टको राजधानी काएरोमा सुरक्षाकर्मीले मारेको छापामा नौ जना शङ्कास्पद आतङ्ककारी पक्राउ परेका मन्त्रालयले जनाएको छ। उनीहरूसँगबाट बन्दूक तथा युद्ध सामग्री नियन्त्रणमा लिइएको बताइएको छ।

यसपहिले शनिबार राती नकावधारी बन्दूकधारीहरूको एक समूहले राजधानी काएरोको दक्षिणी भागमा रहेको क्याफेमा आक्रमण गरी तीनजना सर्वसाधारणको हत्या गरेका थिए भने पाँच जना शख्त घाइते भएका थिए। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ