arrow

बानियाँको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७४ पुष १० सोमबार

काठमाडौं। नेपाली कांग्रेसले मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँको बुबा खेमबहादुर बानियाँको निधनप्रति दुःख व्यक्त गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बानियाँका पिता ७९ वर्षीय खेमबहादुर बानियाँको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको हो।

स्व बानियाँ कांग्रेसको क्रियाशील सदस्यका रहनुका साथै उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। बानियाँको निधनप्रति नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँको शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ।

स्व बानियाँको आजै अपराह्न १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ। काँग्रेसले स्व बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ