arrow

प्रधानमन्त्री पदसँग आफ्नो अडान साट्लान् केपी ओलीले ? 

logo
प्रकाशित २०७४ पुष १० सोमबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौं । अहिले राष्ट्रिय सभामा एकल संक्रमणीय मत प्रणाली वा बहुमतीय मध्ये कुन मत प्रणाली अवलम्बन गर्ने भन्ने विषयमा बहस चलिरहेको छ । नेकपा एमाले बहुमतीय मत प्रणालीको पक्षमा देखिएको छ भने नेपाली काँग्रेस एकल संक्रमणीय प्रणालीको पक्षमा छ । अझ भनौं पार्टी सभापति र अध्यक्षको हैसियतले केपी ओली र शेर बहादुर देउवाको अडानका कारण अहिले राष्ट्रिय राजनीति नै राष्ट्रिय सभाको वरिपरीमात्रै घुमिरहेको छ । 

संसद्को सबैभन्दा ठूलो दलको अध्यक्ष भएको हिसावले पनि अबको प्रधानमन्त्रीका स्वभाविक उम्मेदवार ओली नै हुन् । तर, ओलीले आफू प्रधानमन्त्री बन्ने निश्चित हुँदा हुँदै पनि सिद्धान्तको लागि यस्तोसम्म अडान लिएका छन् कि त्यो अडानले उनको मुखैमा आईसकेको प्रधानमन्त्री समेत जाने त होईन भन्ने शंका उब्जिन थालिसकेको छ । 

जति धेरै प्रधानमन्त्री चयनमा ढिलाई भयो उत्ति नै माओवादी र एमालेबीच तिक्तता बढ्न थालेको छ । कहिले पार्टी एकताको विरुद्ध आउने अभिव्यक्ति त कहिले सरकार गठनको बारेमा आउने शंका उपशंकाका कारण सत्ता समिकरण नै फरक ढंगले बन्ने त होईन भन्ने शंका सुरु हुनै लाग्दा केपी ओलीले भने प्रधानमन्त्रीलाई भन्दा पनि आफ्नो सिद्धान्तलाई अडानको रुपमा लिएर बसेका छन् । केपी ओलीले ढिलाई गरिरहँदा दोस्रो पार्टी नेपाली काँग्रेस, तेस्रो आफू र चौथो या पाँचौं पार्टीलाई लिएर प्रचण्ड आफैंले सरकार गठन गरे भने त्यो अवस्थामा केपी ओली सबैभन्दा ठूलो दलको नेता भएर पनि प्रमुख प्रतिपक्षमा बस्नु पर्ने स्थिती देखिन्छ । केपी ओलीले यस्तो अवस्था निम्तिन दिन्छन् कि दिँदैैनन् त्यो भने उनकै हातमा छ ।  

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आएसँगै एमाले संसद्को ठूलो पार्टी बन्यो । स्थानीय तह तथा प्रदेश सभामा आफ्ना सदस्यहरु बढी भएकोले एमालेलाई राष्ट्रिय सभामा पनि आफ्नै दबदबाको अपेक्षा बढेर आयो । एमालेकै प्रभावमा २ महिनादेखि राष्ट्रपति कार्यालयमा थन्किएको राष्ट्यि सभा सम्बन्धी अध्यादेशमा पनि राष्ट्रपतिले आफ्नो पावर एक्सरसाईज गरिरहेकी छिन् । तर, एमाले बाहेकका अरु सबै दलहरुले त्यो कार्यको विरोध गर्दै आएको छ । माओवादीले पनि कहिलेकाही यसको विरोध गर्ने गरेको छ । 

पूर्व प्रधानमन्त्री समेत भईसकेका ओली अडानका हिसावले एकदमै दह्रो रुपमा अडान राख्ने नेताको रुपमा चिनिन्छन् । आफ्नो प्रधानमन्त्री काल एक महिना अघि नै तय गर्नसक्ने क्षमता रहँदा रहँदै पनि उनले आफ्नो अडान कै लागि प्रधानमन्त्री पदलाई समेत धरापमा पारेर बसेका छन् । तर पनि आफ्नो अडान छाडेका छैनन् । 

उनको यस अघिको अभिव्यक्ति र अडानलाई हेर्ने हो भने पनि उनले प्रधानमन्त्री हुँदा पानी जहाज नेपाल आफैंले किन्ने भनेका थिए । उनी अहिलेसम्म पनि त्यही अडानमा छन् । उनले मेट्रो र मोनो रेलको सपना बाँडेका थिए । उनी अहिलेपनि सोही अडानमा दृढ छन् । उनी काँग्रेसलाई पहिले जसरी सराप्थे अहिले पनि सोही अडानमा दृढ छन् अहिलेपनि सोही अनुरुप सराप्ने गरेका छन् । नवराज सिलवाललाई सांसद् बनाउनेदेखि दिपक मनाङेलाई सांसद् बनाउने बेलासम्म केपी ओलीको अडानले काम गरिरहेको छ । 

तर, केपी ओलीको अडान अबको दिनमा कत्तिको काम लाग्छ ? त्यो भने उनकै हातमा रहेको छ । उनी अहिले राष्ट्रपति कहाँ पुगेको अध्यादेश फिर्ता गरेर बहुमतीय प्रणालीको आधारमा प्रतिनिधित्व हुने व्यवस्था राख्नको लागि कत्तिको अडान राख्न सक्छन् त्यो भने अबको दिनमा हेर्न बाँकी नै छ । उनको पार्टी भित्रकै प्रतिपक्षी भूमिकामा रहेका माधव नेपाल पक्षका नेताहरु पनि यो अडानमा ओलीलाई साथदिने पक्षमा देखिन्छन् । किनभने नेपाल पक्षहरु ओली भन्दा पनि बरु प्रचण्ड नै प्रधानमन्त्री भएकोमा खुशी हुने उनीहरु निकटकै नेताहरुको अभिव्यक्तिमा देखिन्छ । यस्तो अवस्थामा ओलीको यो अडानले प्रचण्ड अध्यक्ष बन्ने सम्भावना पनि बढ्न थालेको छ । 

केपी ओलीले आफू प्रधानमन्त्रीको लोभी नरहेको अभिव्यक्ति पनि दिने गरेका छन् । उनले आफू प्रधानमन्त्रीको लोभी नरहेको अभिव्यक्तिलाई व्यवहारमा पुष्टि गर्ने हो भने उनले अन्तिमसम्म पनि बहुमतीय मत प्रणालीको व्यवस्था हटाउन दिनु हुँदैन । केपी ओलीले अडान लिएभने त्यो प्रणाली नै स्थापित हुन पनि सक्छ । यदी प्रधानमन्त्रीको लोभमा ओलीले राष्ट्रिय सभामा एकल संक्रमणीय प्रणालीलाई स्वीकारे भने ओलीको त्याग पनि सारा नेपाली जनताले देख्ने नै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ