arrow

अहिले आएर प्रचण्डले भने–‘हामी पनि मन्त्रिपरिषद् मै छौँ’

पार्टी एकताबाट पछि फर्किने कुनै गुञ्जायस छैन

logo
प्रकाशित २०७४ पुष १० सोमबार
prachnd_chitawan.jpg

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानन्त्री पुष्पकमल दाहालले पार्टी एकताबाट पछि फर्किने कुनै गुञ्जायस नभएको बताएका छन् ।

चितवनको बाँदरझुलामा आयोजित कार्यक्रममा उनले भने, ‘दुई चार दिन ढिलो भयो । अब छिट्टै गर्ने तयारी गर्छौँ । पार्टी एकता पनि हुन्छ । सबै हुन्छ । कसैले विगारेर विग्रिनेवाला छैन ।’

हामी धेरै अगाडि बढीसकेका छौँ । अब पछाडि फर्किने कुनै गुञ्जायस छैन, उनले अगाडि भने, ‘हामी अगाडि बढ्छौँ पार्टी एकता हुन्छ । तपाईहरुले चिन्ता लिनु पर्ने कुने कारण छैन ।’ शक्तिशाली एउटै कम्युनिष्ट केन्द्र बन्छ ।

दाहालले प्रतिपक्षलाई समेत साथमा लिएर आफुहरु अघि बढ्ने उद्घोष गरे । सञ्चारमाध्यमले भएको भन्दा पनि नभएका कुराहरुलाई समाचार बनाईदिँदा जनताको दिमाग खराब भएको टिप्पणी प्रचण्डले गरेका छन् ।
उनले भने, ‘भएको कुरालाई उल्टो पाल्टो पारेर दिँदा देशभरका जनताको दिमाग खराब भएको छ । मिडियाका साथीहरुले पनि अलिकति सचेत भइदिए राम्रो हुने थियो ।’

राष्ट्रिय सभा सदस्य निर्वानको ऐनमा सहमति जुट्छ
उनले आफु काठमाडौँ फर्किने वित्तिककै राष्ट्रिय सभा सदस्य निर्वाचनको अध्यादेशबारे टुंगो लाग्ने बताए । उनले भने, ‘म काठमाडौँ फर्किनेवित्तिकै पहिले वाम गठबन्धनभित्र यसको हल खोजिन्छ । त्यसपछि काँग्रेससँग छलफल हुन्छ ।’

उनले काँग्रेसले भनेको जस्तो पहिले पनि एकल संक्रमणीयको चलन थियो र संसारका अन्य मुलुकमा पनि यो अभ्यास छ, भन्न अहिलेको परिस्थितिले नदिने उनको भनाई छ ।

उनले भने, ‘पहिले संविधानमै राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय मै हुने भन्ने थियो । अहिले संविधानमा लेखिएको छैन । अहिले निर्वाचन आयोगले मस्यौदा गर्दा बहुमतीय भनेको र पछि राज्य व्यवस्था समितिले पारित गर्दा वा संसदमा छलफलमा आउँदा समेत सबैले बहुमतीय हुने भनेको हो । पछि स्थानीय तहको सबै नतिजा आएपछि काँग्रेसका साथीहरुले संशोधन ल्याउन थाल्नु भएको हो । भएको कुरा र साँचो कुरा यही हो ।’

आफुहरु अहिले पनि मन्त्रिपरिषदमा रहेको बताउँदै दाहालले भने, ‘मन्त्रिपरिषदमा समेत बहुमतीयमा जाने भनेर विधेयक संसद सचिवालयमा दर्ता भएको हो । मन्त्रिपरिषदमा अझै हामी पनि छँदै छौँ ।’ चुनावी नतिजा हेरेर अहिले हुँदैन भन्नु राम्रो हुँदैन ।

उनले पहिले एकल संक्रमणिएमा जान सजिलो थियो पनि भने । दाहालले अगाडि थपे,  ‘पहिले राष्ट्रिय सभाको सदस्यका उम्मेदवारलाई मत हाल्ने निर्वाचक मण्डलका सदस्यको मतभार एउटै र समान थियो । त्यसैले सजिलो थियो । अहिले गाउँपालिका–नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार छुट्टै र प्रदेश सभा सदस्यको मत भार छुट्टै छ । त्यसैले निकै झन्जटिलो हुन्छ भनेर विज्ञहरुले नै भनिरहेका छन् ।’ पूर्वसहमति अनुसार नै अघि बढ्नु पर्ने थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ