arrow

अफगानिस्तानको खुफिया एजेन्सीमा आक्रमण, १० को मृत्यु

logo
प्रकाशित २०७४ पुष १० सोमबार
AFG.jpg

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक गुप्तचर संयन्त्र (खुफिया एजेन्सी)को परिसरमा आत्मघाती विष्फोट भएको छ ।

अधिकारीहरुले विष्फोटमा १० जनाको मृत्यु भएको बताएका छन् । विष्फोटमा ५ जना घाइते पनि भएका छन् । गुप्तचर एजेन्सीका कर्मचारी कामका लागि गइरहेको समयमा आक्रमणकारीले आफैसँग भएको विष्फोटक सामग्री विष्फोट गराएका अफगान सुरक्षा अधिकारीले जनाएका छन् ।

घटनामा केही महिला समेत परेका छन् । इस्लामिक विद्रोही संगठन आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा यस्ता घटनाक्रममा वृद्धि भएको छ । गएको साता आइएसले गुप्तचर निकायसँग जोडिएको एक प्रशिक्षण केन्द्रमा आक्रमण गरेको थियो । २०१५ बाट अफगानिस्तानमा जिहादी समूहको प्रभाव बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ