arrow

काँग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइते ३ मध्ये २ लाई काठमाडौँ ल्याइयो

logo
प्रकाशित २०७४ पुष १० सोमबार
Congres-FNL.jpg1.jpeg

स्याङ्जा । स्याङजामा कांग्रेसको चुनावी समीक्षा बैठकमै कुटाकुट भएको छ । झडपमा ३ जना घाइते भएका छन । सोमबार वालिङको पतञ्जली हलमा बसेको क्षेत्र नम्बर दुई स्तरीय समीक्षा बैठकमा दुई पक्षका कार्यकर्ताबीच झडप भएको हो ।

रामचन्द्र पौडेल पक्षधरले देउवा पक्षका कार्यकर्ताको कुटपिट गरेको आरोप लगाएका छन् । पौडेल पक्षका भेषराज अर्याल, सुशील काफ्ले र कमल ढकाल घाइते भएका छन । अर्याल र ढकाललाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको  बताइएको छ ।

बैठकमा देउवा पक्षले पौडेल पक्षमाथी अन्तरघात गरेको आरोप लगाएपछि विवाद शुरु भएको हो । विवाद बढदै गएपछि कुटाकुट भएको बताइएको छ ।

देउवा निकट नेता गोपालमान श्रेष्ठ जिल्लाको क्षेत्र नम्बर २ मा ३ हजार ७ सय मतले पराजित भएका थिए । देउवा पक्षले पौडेल पक्षले असहयोग गरेका कारण  निर्वाचनमा पराजित भएको आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ