arrow

जेरुसेलममा राजदूतावास सार्ने ग्वाटेमालाको निर्णय प्रशंसनीय : प्रधानमन्त्री नेतन्याहु

logo
प्रकाशित २०७४ पुष १० सोमबार
guatemala-map.gif

जेरुसेलम, इजरायल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने निर्णयलाई पछ्र्याउँदै ग्वाटेमालाले गरेको निर्णयको इजरायलले प्रशंसा गरेको छ। ग्वाटेमालाले आफ्नो राजदूतावास जेरुसेलम सार्ने निर्णय प्रशंसनीय छ, प्रधानमन्त्री नेतन्याहुले भने।

ट्रम्पले जेरुसेलमलाई इजरायली राजधानीको मान्यता दिने निर्णयका कारण विश्व समुदायले अमेरिकाको आलोचना गरिरहेका समय ग्वाटेमालाले आइतबार जेरुसेलममा राजदूतावास सार्ने घोषणा गरेको थियो। ग्वाटेमालाले गरेको निर्णय स्वागतयोग्य भएको बताउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक वक्तब्य जारी गर्दै भने, “अमेरिका, ग्वाटेमालाले आफ्ना राजदूतावासलाई जेरुसेलम सार्ने घोषणा गरेका छन् उनीहरुले जस्तै अन्य मुलुकले पनि जेरुसेलमबारे अमेरिकी यस कदमलाई पछ्याउँदै विश्वका निर्णय लिनेछन्।”

उनले थपे, “यो शुरुवात मात्र भएपनि महत्वपूर्ण कदम हो।”रासस-एएफ्पी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ