arrow

कम्युनिष्ट गठबन्धनको एकता संयोजन बैठक मंगलबार पनि बस्नेमा शंका 

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
prachanda-oli.png

 काठमाडौँ । कम्युनिष्ट गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्ने जनाइए पनि अझै टुंगो लागेको छैन ।  

सरकार गठबन्धनका लागि भाषणबाजी भइरहेका बेलामा अलमलमा रहेको पार्टी एकताबारे दुवै दल पछि परेका छन् । 

पार्टी एकताको खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको बैठकमै टुंगो नहुँदा अलमल बढेको छ । 

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले हाम्राकुरासंग भनिन्, ‘अध्यक्ष बाहिर हुनुहुन्छ, उहाँको दिउँसो ३ बजे फर्कने फ्लाइट छ, उहाँ आएपछिमात्र बस्ने टुंगो लाग्नेछ, अहिले नै यतिबेला र यो ठाउँमा भन्ने टुंगो लागेको छैन ।’  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मङ्गलबार चितवनमा एक कार्यक्रम रहेको छ । 

मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकिए लगत्तै पार्टी एकताको बैठक बस्ने बताएका दुवै दलले अहिलेसम्म गतिलो साइत निकाल्न सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ