राजधानीमा बस विजुलीको पोलमा ठोक्कियो, १७ यात्रु घाइते, ४ गम्भीर
प्रकाशित २०७४ पुष ११ मंगलबार
495
Shares
काठमाडौं । काठमाडौंको सेतो पुलमा सवारी दुर्घटनामा परी १७ यात्रु घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।
मंगलबार बिहान सवा ३ बजे काठमाडौंको मैतिदेवीस्थित सेतोपुलमा पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउदै गरेको सिटि यायातायतको बा२ख ८७३३ नम्बरको बस ट्रान्समिटर जडान गरेको जोर बिजुलीको पोलमा ठोकिएर सडकमै पल्टीदा १७ जना यात्रु घाईते भएका हुन् ।
दुर्घटनाका घाईते भएका ८ जनाको नर्भिक अस्पताल थापाथलीमा भैरहेको छ । ९ जनाको वीर अस्पतालमा उपचार भैरहेकोमा ४ जनाको अवस्था भने गम्भिर रहेको हो ।