arrow

जाडो बढ्यो, जनजीवन प्रभावित

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
cold-at-terai.png

गौशाला । महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । 

विगत ११–१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । 

चिसोकै कारण अहिले महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् । 

असह्य जाडो भइरहेको बेला जिल्लामा बिरामीको संख्यामा पनि उल्लेख्य रुपमा वृद्धि हुँदै गइरहेको जिल्लास्थित विभिन्न स्वास्थ्य संस्थाले जानकारी गराएका छन् । 

यता जतिजति जाडो बढ्दै गइरहेको छ, त्यतित्यति जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी हुँदै गएको छ भने चिसोकै कारण जिल्लाका हाट बजारमा मानिसको उपस्थिति न्यून हुँदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ