arrow

कम्युनिष्ट गठबन्धनः सरकार गठन पहिले कि पार्टी एकता ?

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
uml-maobadi-flag.jpg

विराटनगर । बिनाविभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्र का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले कम्युनिष्ट गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारे ।

कम्युनिष्ट गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उनले कम्युनिष्ट गठबन्धन बाहेकको सरकार जनादेश विपरीत हुने उल्लेख गरे । 

निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा गर्नुपर्ने माग गरे ।

राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उनले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिए ।

मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता औँल्याए । 

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उनले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले कम्युनिष्ट गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको पनि बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ