arrow

रुसी विपक्षी नेताद्वारा निर्वाचान बहिस्कारको अपिल

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
putin-navalny.jpg

मस्को। रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गरेकाछन्। यहाँको निर्वाचन आयोगले उनलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ। आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा उक्त चुनावमा उठ्न वञ्चित गरेपछि उनले अरुलाई पनि निर्वाचन बहिष्कार गर्न आह्वान गरेका हुन।

उनले प्रमुख विपक्षी विनाको चुनावको वैधानिकता पनि नहुने बताएका छन्। त्यसैले उनले मतदाताहरुलाई पनि सो अवैध निर्वाचनको विरोध जनाउन आह्वान पनि गरेका छन्। रुसको निर्वाचन आयोगले नभाल्नीलाई फौजदारी अभियोगमा दोषी ठहराइएको भन्दै राष्ट्रपतिको उम्मेदवार बन्न पनि अयोग्य ठहराएको जानकारी हालैमात्र दिएको थियो। रुसमा पुनः यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपतीय निर्वाचनमा उठ्न लागेकाछन्। उनी यस पटक चौथो कार्यकालका लागि राष्ट्रपतिमा उठ्न लागेका हुन।

नभाल्नि ४१ वर्षको मात्र छन्। उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रुपमा हेरिएको थियो। पुटिनलाई चुनौती दिनसक्ने एकमात्र उम्मेदवारका रुपमा उनलाई हेरिएकोमा निर्वाचन आयोगले नै अयोग्य ठहराइदिएको छ–एकजना राजनीतिक विश्लेषकले बताएका छन्।

उनलाई केही समयअघि लगाइएको भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भनेर रुसको निर्वाचन आयोगले चुनावमा उठ्न नपाउने निर्णय दिएको थियो। तर त्यो आरोपको उनले ठाडै खण्डन गरेकाछन्। उनले निर्वाचन आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रुपमा प्रेरित भएको र त्यो सबै राष्ट्रपति पुटिनको निर्देशनमा भएको जानकारी दिएका छन्।

निर्वाचन आयोगको यो निर्णयका विरुद्धमा रुसी नागरिकले विरोध प्रदर्शन गर्ने चतावनी पनि उनले दिएको बताइएको छ। उनले यो चुनाव नभई पुटिनका पक्षधरहरुले मात्र भागलिने राजनीतिक कार्यक्रम भएको पनि आरोप लागए।

पुटिनका समर्थकहरुले मनोनयन प्रक्रियाका लागि मंगलबार एकजुट हुन लागेका छन्। नभाल्नीले आफूले पनि विपक्षीका तर्फबाट सो निर्वाचनको विरोधमा प्रदर्शनको नेतृत्व गर्ने पनि उनले जानकारी दिए। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ