arrow

आफनै बच्चा मार्ने महिला पक्राउ

logo
किरण न्यौपाने,
प्रकाशित २०७४ पुष ११ मंगलबार
women-prison-bar.jpg

रंगेली। मोरङ्गको सुनवर्षि नगरपालीका ३ मा शालनाल सहित नवजात शिशुलार्ई फालेर बेपत्ता भएकी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा झापा मेची नगरपालीका वार्ड नं. ७  घर भई सुनवर्षि नगरपालीका ३ माईतीघर बस्दै आएकी २४ वर्षिय सृजना तिम्सीना (विष्ट) रहेकी छिन्।  

इलाका प्रहरी कार्यालय रंगेलीले आईतवार बिहान सुनवर्षि नगरपालीका ३ भेलाई टोल स्थित खोल्सामा शालनाल सहित मृत अवस्थामा नवजात शिशु फेला पारेको थियो। घटना थाह पाए लगतै प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिबबाबु खड्काका अनुसार तिम्सीनालाई सुनवर्षि नगरपालीका ३ स्थित माईती घर पक्राउ गरेको बताए।

प्रहरीका अनुसार पति वैदेशीक रोजगारीको शिलशिलामा रहेको बखत अबैध रुपमा गर्भ रहेकाले नवजात शिशुलाई जन्म दिएर फालेको अनुसन्धान बाट खुलेको जनाएको छ। प्रहरीले तिम्सीना विरुद्ध कर्तव्य ज्यान अन्र्तगत मुदा चलाउने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ