arrow

४८ किलो गाँजा सहित दुई पक्राउ

logo
बिजय चौहान,
प्रकाशित २०७४ पुष ११ मंगलबार
gaja.jpg

वीरगन्ज। पर्साको बहुदरामाई नगरपालिकाबाट प्रहरीले छापामारी गरी भारी परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नगरपालिकाको वडा नं. ९ निवासी जंगबहादुर साह कलवारको घरमा प्रहरी सोमबार अपराहन्न छापामारी खोज तलास गर्दा ४८ किलो गाँजा बरामद भएपछि आवश्यक अनुशन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले गाँजाको कारोवारमा संलग्न रहेको अभियोगमा घर प्रेमप्रकास साह कलवार र शर्मा साह कलवारलाई आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिएको छ। कलवारको घरमा गाँजा भन्डारण गरि राखिएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कार्यवाही गर्दा गाँजा बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना कलवारलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराई लागुऔषध ऐन २०३३ अन्तरगत आवश्यक अनुशन्धानका लागि सात दिनको म्याद प्रहरीले बुझेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिप्रकामा राखि आवश्यक अनुशन्धान भइरहेको प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जानकारी दिए। छापामारी गर्दा घरधनी जंगबहादुर साह कलवार फरार हुन सफल भएको र उनको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ