arrow

काश्मिरमा आतङ्ककारी कमाण्डर मारिए

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
kashmir-militant-killed.jpg

श्रीनगर। प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा अर्ध सैन्य बलसँग भएको दोहोरो गोली हानाहानमा परी मङ्गलबार एकजना वरिष्ठ आतङ्ककारीको मृत्यु भएको समाचार छ। भारत नियन्त्रित काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोओरा गाउँमा उक्त दोहोरो गोली हानाहान शुरु भएको थियो।

पुल्वाना जिल्लामा गस्तीमा खटिएको भारतीय अर्ध सैन्य बलको कारबाहीमा परी आतङ्ककारी समूह लस्कर ए तोएबाको एकजना वरिष्ठ कमाण्डर जैस इ मोहमद मारिएको पुष्टि भएको प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ।

प्रहरीका अनुसार विशेष गुप्तचरको सूचना अनुसार सो क्षेत्रमा कारबाही शुरु गरिएको थियो। यस इलाकाको प्रहरीका प्रमुखले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार यी आतङ्ककारी कमाण्डरले श्रीनगर जम्मुको राजमार्गका कतिपय क्षेत्रमा आक्रमणको योजना बनाएको सूचना प्रहरीले पत्ता लगाएको थियो।

उक्त इलाकामा सोमबार साँझदेखि नै दोहोरो गोली हानाहान जारी रहेको थियो। स्थानीय प्रहरीका अनुसार यस कारबाहीका क्रममा एकजना प्रहरी पनि घाइते भएका थिए। सो क्षेत्रमा आतङ्ककारी समूहले गएका केही दिनदेखि हिंसा मच्चाउने योजना बनाएकामा सो सूचना प्राप्त गरेपछि अर्ध सैन्य बल र प्रहरीले संयुक्तरुपमा उक्त कारबाही गरेका थिए। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ