यस्तो रहेछ मधेसवादी नेताले प्रचण्डलाई सघाउने भन्नुको कारण
ओलीले रियलाइज गर्नु पर्छ : भण्डारी
प्रकाशित २०७४ पुष ११ मंगलबार
361
Shares
काठमाडौं । संघ र प्रदेशको सत्ताको जोडघटाउ चलिरहेका बेला मधेस केन्द्रीत दल संविधान संशोधनको पक्षमा उभिनेलाई मात्र सघाउने पुरानै अडानमा अडिएका छन् ।
राष्ट्रिय जनता पार्टी राजपाका केही नेतालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने सोझै सघाउने बताइरहेकै बेला राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफुहरुको पुरानै मुद्दा रहेको बताएका छन्
उनले भने, ‘हाम्रो नेताहरुले आ–आफ्नो विचार राखे होलान् । तर, अहिले बुझ्नु पर्ने के हो भने हामी राजपा मात्रै भन्दा पनि संघीय समाजवादी फोरमसहितको गठबन्धन संविधान संशोधन गर्न तत्पर हुने पार्टी वा त्यसको नेतालाई साथ दिन्छ ।’ अहिले आइरहेका खबरबारे टिप्पणी गर्दै उनले अगाडि थपे, ‘प्रचण्ड प्रधामन्त्री बन्ने भन्ने कुरा अरुले भनेर हुन्छ । उहाँ आफै म प्रधानमन्त्री हुन्छु भनेर अगाडि आएपछि मात्रै सयोग गर्ने वा असयोग गर्ने भन्ने कुरा हुन्छ ।’ त्यसै कसैले व्यक्तिगत विचार राख्दैमा हुँदैन ।
उनले आफुहरुलाई जनताले तपाईहरुले उठाएको माग र तपाईहरुले गरेको आन्दोलन जायज थियो भनेर लालमोहर लगाइदिएका छन्, र यो संयुक्त गठबन्धनलाई दिएको म्यान्डेड हो, भने । उनले संघीउय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी ओलीबीचको छलफलतिर संकेत गर्दै भने, ‘उपेन्दं्र यादवले यति चाँडै जनादेश विर्सन्छन् र सत्ताको लागि सम्झौता गर्छन भन्नेमा मलाई विश्वास छैन । यो जनादेश गठबन्धनलाई आएको जनादेश हो । दुवै दललाई संविधान संशोधनको लागि हामी फेरि सघाउन तत्पर छौँ भन्ने म्यान्डेड हो । यसको अवमूल्यन उहाँले गर्नु हुन्न भन्नेमा विश्वस्त छौँ ।’ हाम्रो मूल मुद्दा नै संविधान संशोधन हो ।
ओलीले रियलाइज गर्नु पर्छ
उनले सुरुमै भने, ‘विगतको स्प्रीड र मानसिकताले हुँदैन । अब केपी ओली वा हामी कसैले पनि नयाँ सिराबाट काम गर्नु पर्छ । जसले संविधान संशोधन गरेर अघि बढ्ने हिम्मत गर्छ । उसैलाई हामी साथ दिन्छौँ । प्रदेश र केन्द्रमा सहकार्य हुन्छ ।’
संविधान संशोधन हुने भएपछि सरकारमा पनि जानु हुन्छ ? जवाफमा उनले भने, ‘सरकारमा जाने कुरा प्रमुख होइन । हामीले भनिरहेका छौँ र उहाँहरुले पनि भनिरहनु भएको छ । अब मुलुकको समृद्धिका लागि काम गर्छौँ । यदि साँच्चिकै समृद्धि खाजेको हो भने संविधान संशोधन गरेर अघि बढ्दा निकास निस्किन्छ । बाटो सहज हुन्छ ।’ नभए कसैले भनेको समृद्धि हासिल हुँदैन ।
प्रचण्डलाई सघाउने कुरा कहाँबाट आयो, केपी आलीलाई सघाउँछु नभन्नु को कारण ? उनले जवाफमा भनेका छन्, ‘उहाँसँग हाम्रो विमत्ति होइन । हाम्रो मुद्दामा विमत्ति हो । हिजो गरेका गल्तिहरु रियलाइज गरेर आउनु हुन्छ र अब संशोधनका लागि तयार हुनुहुन्छ भने सहकार्यको बाटो खुला छ ।’ प्रचण्डलाई सघाउने केपी ओलीलाई नसघाउने भन्ने कुरा होइन ।
हामीले संशोधनमा पक्का बोली खोजेका छौँ, उनले भनेका छन् । राजपाका नेता अनिल झाले प्रचण्ड आफुहरुको मुद्दामा विगत देखि नै उदार रहेकाले सघाउने बताएसँगै कसलाई सघाउन कसलाई नसघाउने भन्ने चर्चा सुरु भएको हो ।