arrow

एमालेसँग एकताको चर्चासँगै ककसले छोडे माओवादी?

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
prachanda-kp-oli.jpg.jpeg

काठमाडौं। नेकपा एमालेसंग पार्टी एकता अन्तिम चरणमा पुगेको भनिएका बेला माओवादी केन्द्रमा भने विद्रोह भएको छ। सानै स्तरमा भएपनि विद्रोह अर्थपूर्ण छ। यो विद्रोहसँगै माओवादी केन्द्र छोड्ने नेताहरु पनि निस्किएका छन्। 

माओवादीका केन्द्रीय तहका नेताहरुले वैचारिक प्रश्न उठाउँदै पार्टी छोडेका छन्। यो लाइनमा माओवादी केन्द्रका नेताहरु गोपा  किराँती र आहुती देखिएका छन्। अन्य कैयन नेताहरु पनि पार्टीलाई एमालेमा विलय गराएको भन्दै मुर्मुरिएर बसेका छन्। 

माओवादी केन्द्रका नेता गोपाल किराँतीले त पार्टी एकिकरण प्रक्रियाको विरोध गर्दै नयाँ पार्टी सार्वजनकि गरेका छन् ।

एमालेसंगको पार्टी एकतामा असन्तुष्टी जनाउँदै उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौं महाधिवेशन समुह भन्ने पार्टी बनाएका हुन ।

माओ दिवसको अवसर पारेर उनले यो नयाँ समुह सार्वजनिक गरेका हुन्। 

आठौं महाधिवेशन समुह सर्वहरावादी आन्दोलन र पहिचान आन्दोलनबीच समायोजनको विज्ञान मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त र वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक कार्यदिशामा सहमत देशका सबै क्रान्तिकारी कम्युनिष्टहरुबीच दृढ एकता पक्षधरहरुको समुह भएको जनाईएको छ ।

अर्का नेता आहुतीले् पनि आफू अब माओवादी केन्द्रमा नरहेको सार्वजनिक गरेका छन्। 

पार्टी एकिकरण पछि माओवादी समुहको सांगठनिक नेतृत्व पनि नहुने र वैचारिक नेतृत्व पनि नरहने भएपछि माओवादीका विभिन्न तहका नेता कार्यकर्तामा नैराश्यता पलाएको छ। त्यो उनीहरुको सार्वजनिक अभिव्यक्तिमा पनि देखिन थालेको छ। 

१० बर्षको सशस्त्र द्धन्दमा मारिएका हजारौ नागरिक, अंगभंग भएका हजारौ कार्यकर्ता र नागरिकको वलिदानी माओवादीलाई लगेर एमालेमा नै विलय गराउनै थियो त भन्ने प्रश्न यतिखेर माओवादीमा जोडदार ढंगले उठेको छ। 

पार्टीका नेताहरु एकपछि अर्को गर्दै पार्टी छोड्न थालेको यहि विषयलाई देखाएर प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग पदहरुमा केहि वार्गेनीङ पनि गरेको पनि चर्चा छ। 

एमालेमा पनि दोस्रो तहका नेताहरु एकिकरणसँगै आफ्नो भुमिका पार्टीमा खुम्चने भएपछि उनीहरु पनि मनैबाट पार्टी एकताको पक्षमा खुलेर लागेका छैनन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ