arrow

अब भोजपुर–धरान पनि ट्याक्सीमा सरर !

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
taxi.png.png

भोजपुर । बुधबारदेखि भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएको छ । 

सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको सम्झौताअनुसार ट्याक्सी सञ्चालन गरिएको हो । 

दुवै व्यवसायी संघबीच भएको निर्णयअनुसार भोजपुरबाट दैनिक तीन र धरानबाट पनि तीनवटा ट्याक्सी सञ्चालनमा ल्याइएको संघका कोषाध्यक्ष अर्जुन तामाङले जानकारी दिए । 

सो रुटमा चल्ने ट्याक्सीको भाडादर रु एक हजार ५० तोकिएको छ । 

यातायात क्षेत्रमा रहेको अनियमित भाडादरलाई नियन्त्रण गर्दै सर्वसाधारणको सहज सेवाका लागिसमेत ट्याक्सी सञ्चालन गरिएकोे संघले जनाएको छ । 

यसअघि भोजपुर–धरान सडकखण्डमा बसले मात्र सेवा दिँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ