arrow

ओली र प्रचण्डले बालकोटको बार्दलीमा घाम ताप्दै वात मारे, के गरे निधाे ?

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
oli-_dahal.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धेरै दिनपछि बल्ला भेट गरेका छन् ।

ओली निवास बालकोटमा दुबैले करिब डेढ घन्टा बढी वातमारे । निर्वाचन अघि र निर्वाचनका दौरान बढी भेटघाट गर्ने गरेका दुई शीर्ष नेता निर्वाचनको परिणाम पछि पहिलो पटक भेट्न पुगेका हुन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल चार दिने चितवन बसाई पछि मंगलबार काठमाडौँ फर्र्किए । मंगलबारै भेट हुने भनिएकामा दाहाल चितवनबाट ढिलो गरी फर्किएपछि वुधबार मात्रै भेटवार्ता भएको हो ।

ओली र दाहालले केही बेर छतमै घाम तापेर वातमारे । बार्दलीको वार्तापछि भित्र गएर पनि कुराकानी गरेको बताइएको छ । भेटमा नयाँ सरकार गठनको लागि बाटो खुल्ला गर्न देउवा सरकारलाई आग्रह गर्ने, निर्वाचन आयोगलाई समानुपातिक मत परिणाम छिटो सार्वाजनिक गर्न आग्रह गर्ने र एक–दुई दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने लगायतका विषयमा छलफल भएको छ ।

यस्तै, सरकार गठन, राष्ट्रिय सभा गठन र पार्टी एकीकरणका बारेमा उठेका शंकाहरु भ्रमपूर्ण रहेको र एकीकरणमा दुई दलबीच विमती नरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिएका छन् । दुई शीर्ष नेताले अब पार्टी समायोजन समितिको बैठक चाँडै बस्ने निधो गरेपनि तिथि तय गरेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ