arrow

नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण रेलसेवा अवरुद्ध

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
train-fog-railway-new-delhi.jpg

नयाँ दिल्ली। नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ। भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

भारतीय अधिकारीहरुका अनुसार बुधबार बिहान कम्तीमा पनि ३० वटा रेलको सेवा अवरुद्ध भएको छ। बिहान सवेरैदेखि सेवा दिनुपर्ने ती रेलमध्ये कमैले मात्र बुधबार मध्यान्हमामात्र सेवा सुरु गरेका छन्। त्यसैगरी हुस्सुका कारण बुधबार बिहानका १८ वटा रेलको सेवा नै रद्द हुन पुगेको बताइएको छ। बाक्लो हुस्ससका कारण बाटो नदेखिएकोले रेल सेवा अवरुद्ध हुन पुगेको जानकारी अधिकारीहरुले दिएका छन्।

नयाँ दिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको अधिकारीहरुले जनाएका छन्। बुधबार दिनभर पनि यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ। साथै उक्त विभागले बुधबार दिउसोको तापक्रम बढीमा २८ डिग्री र न्युनतम सात डिग्री सेल्सियस रहने अनुमान गरेको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। रासस-एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ