arrow

पूर्व राजपरिवार नेपालगञ्जतिर 

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं । पूर्वराजपरिवार बिहीबार दिउँसो नेपालगञ्ज जाँदैछ । पूर्वराजा ज्ञानेन्द्र शाहसहित निर्मल निवासमा भएका सबै सदस्य नेपालगञ्ज जान लागेका हुन् । 

दिउँसो ३ः४५ बजेको हवाइ समय रहेको पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले जानकारी दिएका छन् । 

पूर्व युवराज पारस शाह भने संगसंगै नजाने स्रोतले बताएको छ । 

केही दिनअघि पारस र पूर्व युवराज्ञी हिमानी शाहको सम्वन्धयुक्त नाच र हाँसो देखिएको तस्वीर सार्वजनिक भए पनि अझै निर्मल निवाससंग सम्बन्ध नबनिसकेको बताइएको छ । 

झण्डै दुई हप्ते बसाइका क्रममा पूर्व राजाले नेपालगञ्जमा तयार भएको सोल्टी होटलको उद्घाटन गर्ने बताइए पनि तत्काल भने निरीक्षण मात्र हुने पनि बताइएको छ । 

त्यसैगरी मध्य र सुदूरपश्चिमका केही स्थानको समेत भ्रमण गर्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ