काठमाडौं । काठमाडौँको सिनामंगलमा बुधबार राति साढे १२ बजे मोटरसाइकल दुर्घटनामा परेको छ ।
बा ९१ प ४३७१ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा चालक भक्तपुर बस्दै आएका दोलखा सैलुङ गाँउपालिका ४ का २७ बर्षीय विक्रम सुवेदी गम्भिर घाइते भएका छन् ।
उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।